समाचार

कविता शहिद दिवस :- रक्तिम लामा

रक्तिम लामा
सहिद दिवस

हो
आज सहिद दिवस !
मैले मेरा सर्वस्व गुमाएर फाँसी चडेको दिन
मैले क्रान्तिको सपना देखेर
बलिदानको किर्तिमान खडा गरेको दिन
अर्थात मलाई तानाशाही सत्ताले अकालमै मृत्यु घोषणा गरेको दिन
कायरहरुले मेरा सालिक र फोटाहरुमा माल्यार्पण गरेर गोहिको आँसु चुहाएको दिन ।
अर्थात् !
मेरा सपनाहरू बिच बाटोमै अलपत्र पारेर
एक हुल ब्वासाहरु खुसियालिमा हर्सोल्लास मनाएको दिन
अर्थात्
म मरेको दिन
एक थान हरामखोरहरुले
मेरा नाममा चौतर्फी प्रतिमा उभ्याएर
देखिस ! भनेर लोप्पा खुवाएको दिन ।
म मरेको दिन!
अर्थात्
सहिद दिवस !

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *