समाचार
‘सरकारको विरोध गर्नेहरुरु गणतन्त्रका विरोधी’
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको नै विरोधी भएको आरोप लगाएका छन् । आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी गरेका छन् ।
सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले यस्ते आरोप लगाएका हुन् । उनले भने,‘एकवर्षमा कति फरक भयो । अर्काे वर्ष हेर्नुस् कति फरक हुन्छ, यही हुन्छ भनेर छटपटी भएको छ ।’ ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोप लगाए ।


