समाचार

नवजात शिशुलाई जिउँदै बाँसघारीमा फाल्ने आमा, के हुन्छ सजाय ?

जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलिले अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुलाई जिउँदै बाँसघारीमा फाल्ने आमा र बाबुलाई कानुनि कठघरामा उभ्याउन सफल भएको छ ।
वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्किको प्रहरी टोलिले उक्त शिशुको आमा बाबुलाई खोजतलास गर्दै जाने क्रममा स्थानियहरुको सहयोगमा फेला पारी पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-६ बाटुलेचौरको अम्बिका टोल स्थित बाँसघारीमा सालनाल नकाटिएको अवस्थामा नवजात शिशु फेला पारी स्थानियवासीले प्रहरीलाई खबर गरे पश्चात तत्कालै जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त नवजात शिशुलाई उपचारको लागि मातृशिशु अस्पताल लामाचौरमा पठाईएको हो ।

आर्थिक अवस्था कमजोर भएको र अवैध सम्वन्धबाट जन्मिएका कारण नवजात शिशुलाई यसरी फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताउनु भयो । संरक्षक वञ्चित ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *