बिचार/ब्लग
अन्यायमा पशुपति, १७ हजार रोपनी जग्गाको भाडा वार्षिक ७४ लाख
काठमाडौं : पशुपतिनाथका नाममा काठमाडौं उपत्यकामै १८ हजार रोपनी जग्गा छ। आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ। तर, १७ हजार रोपनीबाट भाडा उठ्छ, वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ। बरु, एक हजार १२६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ।
त्यो पनि अति कम हो। पशुपति क्षेत्र विकास कोषका तीनवटा कार्यालयले वार्षिक ७४ हजार १७ लाख १५३ रुपैयाँ कुत पाउने गरेको कोषाध्यक्ष डा. मीलनकुमार थापाले जानकारी दिए। संस्कृति मन्त्रालयले थापाको संयोजकत्वमा एक वर्षअघि गठन गरेको श्रीपशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले यो विवरण पाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सञ्चालक परिषदको बैठकमा प्रस्तुत गरिने जानकारी दिए।
