समाचार

घर भित्र लुकेको समस्या नै जेठाजु बुहारी काण्ड बन्यो समयमै ध्यान नदिए हरेक घरमा हुन सक्छ

आफ्नै जेठाजु द्वारा बिभत्स हत्या गरिएकी अञ्जना लामाको ललितपुरका प्रज्वल महतसँग ६ वर्षअघि विवाह भएको थियो । मकवानपुर स्थायी ठेगाना भएकी लामाकी छोरी ललितपुरको फराकिलो महत परिवारकी सदस्य बनेर आएकी थिईन्।एउटा निजी कम्पनीका जागिरे प्रज्वल, अञ्जना, दाजु उज्वल, भाउजु र आमा–बुबा ललितपुर ढोलाहिटीको घरमा सगोलमै बस्थे। उज्वल ध्वनी इन्जिनियर र म्युजिक कम्पोजर थिए। परिवारका सबै सदस्यको आय राम्रै थियो।तर, केही महिनाअघिदेखि उज्वलको कानमा समस्या देखियो।

उनलाई गितारमा सुर भर्न र सुर भरेका गीतलाई अन्तिम रुप दिन गाह्रो हुन थाल्यो। उनी बिस्तारै कार्यालयबाट बाहिरिए।‘म कानको उपचार गराइरहेको छु,’ उज्वलले २२ बैशाखमा आफ्नो फेसबुकमा लेखेका छन्, ‘मैले संगीतकर्म सधैँका लागि छाडेँ।’उनले सोही स्टाटसमा आफ्नो फेसबुक अकाउन्टमा केही शंकास्पद गतिविधि भइरहेको समेत उल्लेख गरे। त्यसपछि उनी फेसबुकबाट हराए।उज्वलले फेसबुकमा यस्तो स्टाटस लेखेको चौथो दिन २६ बैशाखमा ललितपुर प्रहरीले एउटा समाचार सम्प्रेषण गर्यो। त्यसमा भनिएको थियो, उनले आफ्नै सहोदर भाईकी श्रीमती अञ्जनाको खुकुरी प्रहार गरी हत्या गरे। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *