अ+
अ
अ-
पर्वत- सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई म्यासेज पठाएर दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतकै मोदी गाउँपालिका-६, तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार नेपाली नाम गोप्य राखिएकी ती महिलालाई विभिन्न समयमा म्यासेजमार्फत दुर्व्यवहार गरेपछि महिलाले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्।अभियुक्तलाई सोमबार घरबाटै पक्राउ गरिएको हो ।
मगलबार विद्युतीय ऐनअन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।



