समाचार
मलेसिया बन्दको एक वर्ष : स्वार्थ समूहको खेलमै अल्झियो
काठमाडौं २ जेठ । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया जान बन्द भएको एक वर्ष पुगेको छ । दुई देशबीच नयाँ श्रम समझदारी भइसके पनि कार्यान्वयनमा आएको छैन । गत वर्ष जेठ २ गतेदेखि नयाँ कामदारको श्रम स्वीकृति रोकिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा लगाउने प्रक्रियामा खोलिएका संयन्त्रहरू गैरकानुनी रहेको, संयन्त्रले लिने शुल्कमा मनोमानी गरिएको र स्वास्थ्य संस्थामा सिन्डिकेट कायम रहेको भन्दै श्रमस्वीकृति रोकेको थियो । लगत्तै मन्त्रालयले ती संयन्त्र सञ्चालन गर्नेमाथि कारबाहीका लागि कानुनी प्रक्रिया पनि अगाडि बढायो ।

