समाचार

उदयपुरको ताप्लीमा खानेपानीको हाहाकार

उदयपुर / लामो समयसम्म पानी पर्न नसकेपछि उदयपुरको ताप्ली गाउँपालिका आसपासमा खडेरीको संभावना देखिएको छ । ३ बर्ष देखि मुल फुट्ने गरि पानी नपरेका कारण त्यस क्षेत्रका बिजुवाखोला, गहतेखोला, घारी, यारी, कुभिण्डे लगायतका खोलानालाहरु सुकेका छन् । खोलानाला सुकेपछि अन्नबाली तथा कृषिजन्य उपजहरु उत्पादन हुन सकेका छैनन् । मकै छर्ने सिजन सुरु भएपनि आकाशबाट पानी नपरेपछि खेतबारी बाँझै राख्नुपरेको स्थानियहरुको गुनासो छ । लामो समयदेखी पानी नपरेपछि बनजंगलका बोटविरुवा समेत सुक्दै गएको रुपाटारका स्थानिय प्रेमबहादुर ज्यु ठकुरीले बताउनुभयो । खोलानाला सुकेपछि खानेपानीको समेत हाहाकार भएको अर्का स्थानिय केबल बहादुर बुढाथोकी बताउनुहुन्छ ।पर्याप्त मात्रामा धान, गहुँ, मकै, मास, मुसुरो, तोरी तथा तरकारीहरु उत्पादन हुने त्यस क्षेत्रमा पानीको अभावमा मरुभुमि जस्तै भएको स्थानियहरुको भनाई छ । स्थानिय खोलानाला सुकेपछि शुनकोशीको पानी लिफ्टिङ गरी ताप्लीगाउँबासीलाई बितरण गर्ने गरी काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *