समाचार

३३ प्रतिशत नभई अब महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्ने : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको सम्पूर्ण अङ्गमा महिलाको समान सहभागिता भएपछि मात्र राष्ट्र समृद्ध हुने धारणा व्यक्त गर्नुभएको छ । उहाँले आधा आकाश ढाकेका महिलालाई राज्यको मूल प्रवाहबाट वञ्चित गरेर राष्ट्र समृद्ध हुन नसकिने प्रस्ट पार्नुभयो ।

नेपाल महिला सङ्घले आज वीरगञ्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले ३३ प्रतिशत नभई अब महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै सभापति देउवाले मुख्य प्रतिपक्षि दलको विरोधका बाबजुद दुई तिहाईको दम्भमा सरकारले नीति तथा कार्यक्रम पास गरेको आरोप लगाउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमका सन्र्दभमा नेपाली काङ्ग्रेसले राखेको फरक मत तथा विरोधलाई वास्ता नै नगरी सरकराले प्रजातान्त्रिक पद्धतिलाई कमजोर पर्ने कमा गरेको दाबी गर्नुभयो ।

नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु रमेश रिजाल, फरमुलाह मन्सुर, डिना उपाध्याय लगायतका वक्ताले महिलामाथि बढ्दै गएको हिंसाको घटना प्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *