समाचार

यी हुन अपराध अनुसन्धानमा अब्बल ईन्स्पेक्टर राई !

बेलबारी । प्रहरीप्रति जनबिश्वास कम हुँदै गएका बेला एकजना ईन्स्पेक्टर भने जनताको भरोसाको केन्द्र बन्न सफल भएका छन । ईलाका प्रहरी कार्यलय बेलबारीको नेतृत्व सम्हाल्न आएका प्रहरी निरिक्षक रामकुमार राई यतिबेला चर्चाको पात्र बनेका छन ।
बेलबारी । प्रहरीप्रति जनबिश्वास कम हुँदै गएका बेला एकजना ईन्स्पेक्टर भने जनताको भरोसाको केन्द्र बन्न सफल भएका छन । ईलाका प्रहरी कार्यलय बेलबारीको नेतृत्व सम्हाल्न आएका प्रहरी निरिक्षक रामकुमार राई यतिबेला चर्चाको पात्र बनेका छन ।
दुईवटा फरक र नयाँ मुद्धा दर्ता
नयाँ ऐन कार्यन्वयन भएसँगै ईलाका प्रहरी कार्यलय बेलबारी मोरङमा २ वटा नयाँ किसिमका मुद्धा दर्ता भएका छन । ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर राईका अनुसार जिल्लामै पहिलोपटक सुन्दरहरैचा नगरपालिकामा बोक्सीको आरोपमा कुटपिट गर्नेलाई सोही कानुन बमोजिम बोक्सी बिरुद्धको मुद्धा र सुन्दरहरैचामै भएको एक घटनालाई लिएर दुरुत्साहन मुद्धा दर्ता भएको छ ।
करिब २ साताअघि सुन्दरहरैचामा बोक्सीको आरोपमा बृद्धबृद्धालाई कुटपिट गर्नेहरुलाई मुद्धा चलाईएको छ भने एक महिनाअघि हरैचामा एक ब्यत्तिले आत्माहत्या गरेको र उनलाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा सोही ठाँउकी एक महिलालाई दुरुत्साहन मुद्धा दर्ता गराई म्याद थप गरिएको राईले जानकारी दिएका छन ।
नयाँ ऐन अनुसार कसैलाई आत्महत्या गर्न बाध्य बनाईएको पाईएमा दुरुत्साहन मुद्धा लाग्ने गरेको छ । सोही आरोप प्रमाणित भएमा पाँच बर्षसम्म जेल सजाय र ५० हजार सम्म जरिवाना हुन सक्ने प्राबधान रहेको राईले बताए । ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रमुख भएर आएपछि राईले छोटो समयमा अपराध अनुसन्धानमा महत्वपुर्ण सफलता हात पार्न सफल मात्र भएका छैनन । जनताको भरोसाको केन्द्र समेत बन्न सफल भएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *