समाचार

भव्य र सभ्य बन्यो अर्ध कुम्भमेला

सुनसरी / सुनसरीको वराहक्षेत्र नपा स्थित प्राचीन हरिद्धार चतराधाम कुम्भ नगरीमा चैत २३ गते देखी बैशाख २४ सम्म आयोजना भएको दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ महोत्सव भव्य र सभ्य बनेर नेपाल र नेपालीका लागि मmर्नै महत्वपूर्ण बन्न सफल भएको छ ।
कुम्भ मेलामा ३५ लाख भन्दा बढी धार्मिक भक्तजनहरुको सहभागिता रहेको साथै २ करोड खर्च र ५० लाख कमै आम्दामी भएको कुम्भ मेला आयोजक समितीका महासचिव प्रल्लाद भट्टराईले जानकारी दिए । उनले कुम्भ मेलाको लागि स्थानिय सरकार बराहक्षेत्र नगरपालिका बाट १९ लाख रुपैया र अन्य महत्वपुर्ण कामकुराको सहयोग प्राप्त भएको साथै प्रदेश सरकारबाट १ करोड रकम दिने घोषण भएको भए पनि अहिले सम्म रकम नपाएको बताए । भट्टराईले कुम्भ मेलाको अवलोकन, दर्शन तथा स्नानका लागि भक्तजनको घुइचो बढेको राम्रो र सकारात्मक प्रतिक्रीया समेत आएको बताउंदै संघिय सरकारले भने कुम्भ मेलालाई वेवास्था गरि कुनै पनि किसीमको साथ सहयोग नगरेको र भुमीका शुन्य रहेको गुनोसो व्यक्त गरे । कुम्भ मेलामा दर्बिलो सुरक्षा व्यवस्थामा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको समेत परिचालन गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *