समाचार

कुटपिटबाट १८ महीनाका बालक घाइते

पोखराको महेन्द्रपुलमा चिरपट दाउराको प्रहारबाट एक बालक घाइते भएका छन् । मकवानपुर घर भई हाल पोखरा–९ महेन्द्रपुलमा बस्ने २५ वर्षीय लक्ष्मी राईले चिरपट दाउराले प्रहार गर्दा सोही स्थान बस्ने सीता राईका १८ महीनाका छोरा उज्वल राई गम्भीर घाइते भएका छन् । घाइते नाबालक उज्वलको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने लक्ष्मीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *