समाचार

प्रहरीको नाकैमुनि हत्या भएको भन्दै स्थानीय आक्रोशित

बेलबारी । मोरङको सुन्दरहरैचा १ हरैचामा गत चैत १० गते प्रेमकुमार राईको हत्या भएको तर प्रहरीले यतिका समय सम्म पनि हत्यामा संलग्नलाई कारबाही नगरेको भन्दै स्थानीय बासिन्दा सहित मृतकका आफन्त आक्रोशित भएका छन ।

सोमबार ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर रामकुमार राईलाई भेटी आफन्त र स्थानीयहरुले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन । ईलाका प्रहरी कार्यलय हरैचाको भवन सँगै जोडिएको घरमा त्यत्रो ठुलो घटना हुँदा प्रहरीले सुँइको नपाउनु र दोषीलाई पक्राउ गरी कारबाही नगर्नुले घटनामा संलग्नलाई कतै प्रहरीले नै संरक्षण गरिरहेको त छैन भन्ने प्रति नै शंका उब्जिएको बताए ।

सुनसरीको ईटहरीमा मासु पसल सञ्चालन गर्दै आएका राई सोही रात हरैचास्थित सञ्जु बिश्वकर्मा र मञ्जु बिश्वकर्माको घरमा आएका थिए । इलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर रामकुमार राईका अनुसार बिश्वकर्मा सँग निकट सम्बन्ध भएका राई बेलाबेलामा त्याँहा आउने गरेका थिए । मादक पदार्थ सेवन गरेको र आपासी बिवाद हुँदा बिश्वकर्माले पन्युले हानेको र राईको टाउकोमा चोट लागेको सोही क्रममा बिक दाईकोमा सुत्न गएको र राति राईले झुण्डिएर आत्माहत्या गरेको बताए । पोष्मार्टम रिपोर्ट र भिसेरा रिपोर्टले समेत राईको हत्या नभएको पुष्टि गरेको इृन्स्पेक्टर राईले बताए ।

मृतककी श्रीमती बिमला राई,उनकी साथी भुमिका श्रेष्ठ,दाईहरु देबबहादुर राई,नरबहादुर राई,ज्वाँई सहरमान राई लगायत स्थानीयले बिश्वकर्मा दिदीबहिनीले नै हत्या गरेको आरोप लगाउँदै उनीहरुलाई कानुनी दायरामा ल्याउन माग गरेका छन । राईलाई सुनियोजित रुपमा घरमा बोलाएर उनीसँग भएको पैसा,सुन लगायतका सामान लुटेको र पछि हत्या गरी झुण्डाएको उनीहरुको आरोप छ । प्रहरीले पिडितको पक्षमा नभएर पिडिकको पक्षमा वकालत गरी झन पिडित बनाएको उनीहरुको आरोप छ ।

ईन्स्पेक्टर राईले भने अनुसन्धानको बाटो बन्द नभएको र उनलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरी कारबाही गर्न सकिने बताए । सोही अभियोग प्रमाणित भएमा पाँच बर्ष कैद र ५० हजार सम्म जरिवाना हुने कानुनी ब्यबस्था रहेको छ । राईले घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको र सबै रिपोर्टहरु आईसकेको बताउँदै पिडितका उजुरीका आधारमा कारबाही गरिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *