समाचार
तिल्चे झरेका पर्यटकले फोहोर टिपेर होटल व्यवसायीलाई जिम्मा लगाए
पोखरा – मनास्लु पदमार्गको सामागाउँ हुँदै मनाङको भीमथाङ–तिल्चे झरेका पर्यटकहरूले फोहोर संकलन गरेका छन्। घुम्न आएका पर्यटकहरूले लार्केपास गरेपछि मनाङ झर्ने बाटोमा भेटिएका प्लास्टिकजन्य फोहोरहरू सरसफाइ गरेर
होटल व्यवसायीलाई जिम्मा लगाएका हुन् ।

१५ दिनको प्याकेजमा मनास्लु घुम्न आएका जर्मन नागरिक स्टेबलर लगायतको टोलीले पदमार्ग फोहोर भएको भन्दै फोहोर संकलन गरेको बताए।
भीमथाङ आउनुभन्दा अघिदेखि नै फोहोर संकलन सुरु गरेको उनीहरूले फाल्ने ठाउँ नपाएर कोही आफैँले त कोही भरियालाई बोकाएर मनाङको धारापानी झारेका छन्। उनीहरूले पदमार्गमा भेटिएको चाउचाउको खोल, पेय पदार्थका बोतललगायत प्लास्टिकजन्य फोहोर संकलन गरेका हुन्।

