समाचार

नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो ?

काठमाडौं, २२ बैशाख । राष्ट्रिय जनता पार्टी, नेपालले संविधानमा विमति नरहेको भन्ने सरकारको भनाइ प्रति आपत्ति जनाएको छ। आइतबारदेखि सुरु भएको सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै राजपाका सांसद राजेन्द्र महतोले नीति तथा कार्यक्रममा ‘अब संविधानप्रति बिमति नरहेको’ भनी लेखिएकोमा आपत्ति र असहमति जनाएका हुन्।

संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमति नरहेको भन्ने नीति तथा कार्यक्रममा उल्लेखित ७ नम्बर बुँदाप्रति उनले आपत्ति जनाए।उनले संविधानप्रति आफूहरुको गम्भीर विमति रहेको उल्लेख गर्दै भने, ‘किन विमति छैन? यो कहिलेदेखि विमति भएन? कसले लेख्योे नीति कार्यक्रम? आधा निन्द्रामा लेख्या हो? पचासौ पटक यो हाउसमा हामीले नै विमति देखाएको हो।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *