समाचार
वरीयता मिचेर डिआइजी बढुवामा एसएसपी पोखरेल सिफारिस
काठमाडाैं । नेपाल प्रहरीको रिक्त डिआइजी पदमा एसएसपी विश्वराज पोखरेल बढुवा भएका छन् । विवादका कारण ६ महिनादेखि नेपाल प्रहरीमा डिआइजीको एक पद रिक्त रहेकाे थियो ।

पोखरेल आफ्नो ब्याचमा पहिलो नम्बरका एसएसपी हुन् । प्रहरीको भावी नेतृत्वको दाबेदार मानिएको उनको ब्याचबाट एक जनालाई मात्र बढुवा गरिएकोमा असन्तुष्टि देखिएको छ । सिनियर ब्याचका एसएसपीलाई उछिनेर उनलाई बढुवा गरिएको हो । आजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।


