समाचार

ओली सरकारको नीति तथा कार्यक्रम पहिले र अहिलेमा के फरक ?

वैशाख २०, काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७६÷०७७ को लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा केपी ओली नेतृत्वको सरकारले गरेका कामहरुको पनि वर्णन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको बताएकी छिन् । सरकारका तर्फबाट आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएको बताउनुभएको हो । हावाहुरी पीडितलाई घर बनाउन सरकार बारा र पर्सा पुगेको भन्दै उहाँले जनताको हरेक सुखदुःखमा सरकारले साथ दिने बताउनुभयो । राष्ट्रपति भण्डारीले सरकारका पछिल्ला कामकारबाहीले गर्दा हामी विकास गर्न सक्छौं भन्ने आत्मविश्वासि बढेको समेत दावी गर्नुभयो । नीति तथा कार्यक्रममा सरकारले विखण्डनवादी विचार र हिंसाको राजनीति अन्त्य गरेको उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *