समाचार

बसको ठक्करबाट ७२ वर्षीया वृद्ध भण्डारीको मृत्यु


सुनसरी – इटहरी उपमहानगरपालिका–५ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–८ का ७२ वर्षीया धनबहादुर भण्डारी रहेका छन् ।

बिहीबार बिहान पश्मिबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्वरको बसले पैदल यात्री भण्डारीलाइ ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भण्डारीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *