समाचार
काठमाडौं उपत्यका आयो भीषण हावाहुरी
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार साँझ केहीबेर भीषण हावाहुरी चलेको छ । भक्तपुर क्षेत्रमा बुधबार साँझ करिब ७ बजे केही बेर भीषण हावाहुरी चलेको हो । तर, यसबाट कुनै क्षति भएको विवरण आएको छैन । केही सेकेन्ड आएको हावाहुरीले मानिसहरु आत्तिएका थिए । केही महिना अघि बारा र पर्सामा आएको भीषण आँधीले ठूलो धनजनको क्षति भएको थियो । सो आँधीका कारण मानिसहरु तर्सिएका बेला बुधबार साँझ केही सेकेन्ड आएको हावाहुरीले पनि मानिसहरु आत्तिएका हुन् ।

