समाचार

विना अनुमति ड्रोन उडाएको आरोपमा पोखरामा पोर्चुगिज नागरिक पक्राउ

पोखरा, १७ बैशाख । विना अनुमति ड्रोन उडाएको आरोपमा पोखरामा एक जना विदेशी नागरिक पक्राउ परेका छन । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडमा बिना अनुमति ड्रोन उडाएको आरोपमा पर्यटक प्रहरीले उनलाई पक्राउ गरेको हो ।पोर्चुगलका नागरिक मार्काे आन्द्रे फर्नान्डेज पेस्टानालाई बिना अनुमति ड्रोन उडाएको र शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पर्यटक प्रहरीले उनलाई पक्राउ गरी नागरिक उड्डयन प्राधिकरणलाइ बुझाएको छ ।

नागरिक उड्डयन प्रधिकरणले ५ हजार ६ सय पचास रुपैया जरीवानाका साथै क्यामरामा कैद भएको फोटो तथा भिडियो डिलिट गरेर उनलाई आइन्दा बिना इजाजत ड्रोन नउडाउने सर्तमा छाडेको जनाइएको छ ।नेपालमा बिना इजाजत ड्रोन उडाउन नपाइने भएता पनि पोखरामा लुकिछिपी उडाउनेको संख्या बढ्दै गएको छ । प्रहरीले यसलाई न्यून गर्न अनेक तरिका अपनाउन थालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *