समाचार
मोरङमा खोलामा डुबेर ६ वर्षीया बालिकाको मृत्यु
विराटनगर / मोरङको ग्रामथान गाउँपालिका–६ का मिथुन माझीकी ६ वर्षीया छोरी जिनिका माझीको खोलामा डुबेर मृत्यु भएको छ । बुवा र आमासँगै मोतिपुरस्थित मामा घर गएकी बालिका सोमबार साँझबाट बेपत्ता भएकी थिइन । बालिकाको शव मामा नवीनकुमार सरदारको घरबाट लगभग ३ सय मिटर पूर्व–उत्तरमा रहेको लोहन्द्रा खोलाको पानीमा तैरिएको अवस्थामा मंगलबार विहान फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर रामकुमार राईले बताए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ ।


