बिचार/ब्लग
मनकामनामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल
सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख १८ गते बुधबार नेपाल सम्बत ११३९ चौलागा तदनुसार सन् २०१९ मे १ तारिक कृष्णपक्ष द्वादशी तिथि राती १ वजेर ४० मिनेटसम्म उप्रान्त त्रयोदशी तिथि,पूर्वभाद्रा नक्षत्र विहान १० वजेर ४३ मिनेटसम्म उप्रान्त उत्तरभाद्रा नक्षत्र,वैधृतियोग,कौलवकरण, आनन्दादियोग पद्म,सूर्य मेष राशीमा,चन्द्रमा मीन राशीमा ।
शुभ अशुभ मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३५ मिनेटबाट मध्यान्ह १२ वजेर २७ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान १० वजेर २३ मिनेटबाट मध्यान्ह १२ वजेर १ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–मध्यान्ह १२ वजेर १ मिनेटबाट अपरान्ह १ वजेर ४० मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः– विहान ७ वजेर ५ मिनेटबाट ८ वजेर ४४ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–पूर्वान्ह ११ वजेर ३५ मिनेटबाट मध्यान्ह १२ वजेर २७ मिनेटसम्म रहनेछ ।
शुभ अशुभ रात्री बार वेला
सूर्यास्तबाट ७ वजेर ५७ मिनेटसम्म उद्वेग वेला,७ वजेर ५७ मिनेटबाट ९ वजेर १८ मिनेटसम्म शुभ वेला,९ वजेर १८ मिनेटबाट १० वजेर ४० मिनेटसम्म अमृत वेला,१० वजेर ४० मिनेटबाट १२ वजेर १ मिनेटसम्म चर वेला,१२ वजेर १ मिनेटबाट १ वजेर २२ मिनेटसम्म रोग वेला,१ वजेर २२ मिनेटबाट २ वजेर ४४ मिनेटसम्म काल वेला,२ वजेर ४४ मिनेटबाट ४ वजेर ५ मिनेटसम्म लाभ र ४ वजेर ५ मिनेटबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।
शुभ अशुभ राशीफल
मेषः– विश्वास गुमाउने अवस्था आउन सक्छ । कुनै क्षेत्रमा पनि जर्वजस्ति काम नगर्नु होला । बढि महत्वकाँक्षी योजना अगाडि बढाउदा नोक्सान धेरै वेहोर्नु पर्ने अवस्था आउन सक्छ । अनावस्यक काममा समय खर्च हुनेछ । श्रमको मूल्य गुमाउने अवस्था आउन सक्छ । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । लगानी नबढाउनु होला ।
वृषः– समय अनुकुल नै देखिन्छ । कार्य लगनशिलता घट्ने छैन । विश्वासको भरमा काम हुनेछन् । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरु आफ्नै बाटो लाग्ने छन् । सहयोगी सहकार्यको लागि अगाडि आउने छन् ।
मिथुनः– आर्थिक क्षेत्र बाहेक अन्य क्षेत्र राम्रै देखिन्छ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । कार्य व्यस्तता बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । राजनैतिक गतिविधि बढ्ने देखिन्छ । बाह्य व्यक्तिको भर नपर्नु होला । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारो प्रस्ताव आउन सक्छ विश्वास नगर्नु होला ।
कर्कटः– समय सुधारोन्मुख छ लगनशिलता बढाउनु होला कामले गति लिनेछ । बाह्य कुरामा बढि ध्यान जान सक्छ जसका कारण उपलब्धि गुमाउने अवस्था आउनेछ । हेलचक्र्याई नगर्नु होला । राजनैति हतियार प्रयोग गरेर काम गर्ने सपना नदेख्नु होला । पढाई लेखाई प्रगति हुनेछ । पारिवारिक समस्यबाट पूर्ण मूक्ति मिल्ने छैन ।
सिंहः– बाधा अवरोधको सामना गर्नु पर्नेछ । शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अबस्था रहने छैन । कसैलाई दिएको धन डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार हुनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । प्रतिष्ठामा आच आउन सक्छ ।
कन्याः– समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । हेलचक्र्याई नगरि कार्य योजना अगाडि बढाउनु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । प्रेम प्रस्ताव आउनेछ भने दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ ।
तुलाः– सहजता देखिदैन प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला केहि उपलब्धि हात लाग्नेछ । अरुले गरिदिने छन् होइन आफ्ना समस्या आफैले समाधान गर्नु होला । परिश्रमको अन्तिम प्रतिफल मिठो निस्कने छ । खेलाडीको लागि दिन अनुकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अस्थिरतालाई त्याग्नु होला ।
वृश्चिकः– सन्तुलनमा काम गर्नु होला । आफुमा भएको उर्जाको प्रयोग गर्न सके उपलब्धि हात लाग्नेछ । कर्म प्राप्तिको लागि जमेर नै लाग्नु पर्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काम विस्तारै अगाडि बढाउनु होला । अर्थ अभावको महशुस हुनेछ ।
धनुः– आर्थिक अवस्था कमजोर हुदा काम गर्न गाह्रो हुनेछ । ऋणमा काम गर्नु पर्ने अवस्था आउनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक समस्या बढ्ने छन् । फाइदा लुट्न खोज्ने कम हुने छैनन । संकट मोचन हुने देखिन्न ।
मकरः– महत्वकाँक्षी योजना अगाडि बढाउदा एक पटक सोचेर मात्र बढाउनु होला । अस्थिरतामा जोड नदिनु होला । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । पारिवारिक सहयोगमा उपलब्धि हात लाग्नेछ । बाहिरी व्यक्तिसँग साझेदारी गरेर काम नगर्नुहोला । ऋण लगानी नगर्नु होला ।
कुम्भः– मध्यम खालको दिन छ,लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ नत्र विचमा नै रोकिनु हुनेछ । अरुको कुरामा विश्वास नगर्नु होला । धन आफन्त मान्छे भए नदिदा राम्रो हुनेछ । नोकरीबाट सन्तुष्टि त्यति मिल्ने छैन । निर्माण व्यवसायबाट सामान्य लाभ हुनेछ । वोलीको कदर कम हुनेछ ।
मिनः– असहज परिस्थिति पार गरिनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । समयमा परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवनमा सामान्य सुख मिल्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ । सहयोग सहानुभूति मिल्नेछ ।
(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )। नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।
