बिचार/ब्लग

आकस्मिक उद्वारको लागि हेलिप्याड निर्माण

रसुवा / हेलिकोप्टरलाई सहज तवरले अवतरण गराउन उत्तरी रसुवाको स्याफ्रुवेशीमा हेलिप्याड निर्माणको प्रकृया अगाडि बढेको छ । गोशाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार गाउँपालिकाको मुख्य कार्यालय रहेको गोशाइँकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुवेशीमा आकस्मिक उद्वारको लागि हेलिकोप्टर अवतरण गर्ने मैदान निर्माणको प्रकृया अगाडि बढाइएको हो

राजमार्गले जोडिएको स्थान भए पनि वर्षायाममा सडक मार्ग अवरूद्व हुन सक्ने सम्भावना लाई मध्येनजर राख्दै स्थानीयस्तरका अस्पतालमा उपचार हुन नसक्ने विरामी तत्काल राजधानीका सुविधा सम्पन्न अस्पतालमा पु¥याउन हेलिप्याड निर्माणको कार्य योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय वासिन्दाको अलावा रसुवा नाकाबाट चीन आउनेजाने पर्यटक,मानसरोवर जाने तिर्थयात्रुलाईसमेत आकस्मिक कार्यमा हेलिकोप्टर सेवा लिन सहज हुने बताइएको छ । हेलिप्याड निर्माणको लागि स्याफ्रुवेशी स्थित चिलिमे जल विधुत केन्द्रको कार्यालय जाने सहायक मार्गको मुनि अर्थात बौद्ध छुर्तेन मन्दिरको नजिक एकसाथ वि थ्रि मोडलका २ ओटा हेलिकोप्टर अवतरण गर्न सक्ने खालको हेलिप्याड निर्माणको डिजाएन बनाइएको गाउँपालिकाका सवईन्जिनीयर प्रेमप्रकाश बस्नेतले जानकारी दिनु भयो ।

गुम्वा निर्माण शुरू

भूकम्पले क्षति पु¥याएको रसुवाका ५४ओटा बौध गुम्वा मध्ये गोशाइँकुण्ड गाउँपालिका वडा नं ६ धुञ्चे स्थित टुल्कुछोलिङ गुम्वाको निर्माण प्रकृया अगाडि बढेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, पुरातत्व विभाग तथा स्थानीय सरकारको त्रिपक्षीय साझेदारीमा करिब रु छ करोडको लागतमा निर्माण हुने गुम्वाको निर्माणस्थल भने स्काभेटरको सहायताले माटो कटिङ तथा सतह मिलाउने काम सम्पन्न भै सकेको गोशाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्प तामाङले जानकारी दिनु भयो ।

स्थानीय ज्येष्ठ नागरिकका अनुसार धुञ्चेको टुल्कुछेलिङ गुम्वा १०० वर्ष पुरानो हो । वि सं २०७२ को भूकम्पले गुम्वा भत्काए पछि तत्कालीन समयको पुजाआजामा सहज पार्न नेपाल रेडक्रस रसुवाले जस्तापाता उपलव्ध गराएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *