समाचार

खुलामञ्चका टहरा हेर्दा हेर्दै माटोमा मिले, पिडित परिवारमा भयो रुवाबासी

काठमाडौं । खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा शनिबार डोजर चल्यो । जस्ताले बारेर बसाइएका सटरमा डोजर लगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य दलबलसहित पुगेका थिए ।

उनी सबै टहरा भत्काइसकेपछि मात्र फर्किए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सुरुमा केहीबेर देखिएपनि अन्तै कार्यक्रम छ भन्दै हिँडेका थिए ।उपमेयर हरिप्रभा खड्की टहरा भइत्काइसक्दा पुगेकी थिइन् । मेयर शाक्यले शुक्रबार मात्र खड्कीलाई खुलामञ्चबारे अनुगमन गरेर रिपोर्ट पेश गर्न पत्र दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *