बिचार/ब्लग

पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख १३ गते शुक्रबार नेपाल सम्बत ११३९ चौलागा तदनुसार सन् २०१९ अप्रिल २६ तारिक कृष्णपक्ष सप्तमी तिथि अपरान्ह ४ वजेर १३ मिनेटसम्म उप्रान्त अष्टमी तिथि,उत्तरषाढा नक्षत्र राती ० वजेर ४१ मिनेटसम्म उप्रान्त श्रवण नक्षत्र,साध्ययोग,बव करण,आनन्दादियोग आनन्द,सूर्य मेष राशीमा,चन्द्रमा मकर राशीमा ।

शुभ अशुभ मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३६ मिनेटबाट मध्यान्ह १२ वजेर २८ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान ७ वजेर ८ मिनेटबाट ८ वजेर ४६ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान १० वजेर २४ मिनेटबाट मध्यान्ह १२ वजेर २ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह ३ वजेर १७ मिनेटबाट ४ वजेर ५५ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ८ वजेर ७ मिनेटबाट ८ वजेर ५९ मिनेटसम्म र मध्यान्ह १२ वजेर २८ मिनेटबाट अपरान्ह १ वजेर २० मिनेटसम्म रहनेछ ।

शुभ अशुभ दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर ८ मिनेटसम्म चर वेला,७ वजेर ८ मिनेटबाट ८ वजेर ४६ मिनेटसम्म लाभ वेला,८ वजेर ४६ मिनेटबाट १० वजेर २४ मिनेटसम्म अमृत वेला,१०÷२४ वजेबाट १२ वजेर २ मिनेटसम्म काल वेला,१२ वजेर २ मिनेटबाट १ वजेर ४० मिनेटसम्म शुभ वेला,१ वजेर ४० मिनेटबाट ३ वजेर १७ मिनेटसम्म रोग वेला,३ वजेर १७ मिनेटबाट ४ वजेर ५५ मिनेटसम्म उद्वेग वेला र ४ वजेर ५५ मिनेटबाट सूर्यास्तसम्म चर वेला रहनेछ ।

शुभ अशुभ रात्री बार वेला
सूर्यास्तबाट ७ वजेर ५६ वजेसम्म रोग वेला,७ वजेर ५६ मिनेटबाट ९वजेर १८ मिनेटसम्म काल वेला,९ वजेर १८ मिनेटबाट १० वजेर ४० मिनेटसम्म लाभ वेला,१० वजेर ४० मिनेटबाट १२ वजेर २ मिनेटसम्म उद्वेग वेला,१२ वजेर २ मिनेटबाट १ वजेर २५ मिनेटसम्म शुभ वेला,१ वजेर २५ मिनेटबाट २ वजेर ४७ मिनेटसम्म अमृत वेला,२ वजेर ४७ मिनेटबाट ४ वजेर ९ मिनेटसम्म चर र ४ वजेर ९ मिनेटबाट सूर्योदयसम्म रोग वेला रहनेछ

शुभ अशुभ राशीफल
मेषः– पुराना समस्या केहि समाधान भएर जानेछन् । मेहनतको फल मिल्नेछ । सहज र सरल विधिबाट काम हुनेछन् । अरुको भरमा मात्रै काम नगर्नु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । बाह्य कुरामा ध्यान केन्द्रित नगर्नु होला आफैलाई घाटा हुनेछ । पठन पाठन मन्द गतिमा अगाडि बढ्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ ।

वृषः– आस्था र विश्वासका साथ काम गर्नु होला । हेलचक्र्याई गरेमा उपलब्धि काम हात लाग्नेछ । मानसिक तनावमा कमि आउनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आत्मबल बढाउनु पर्ने देखिन्छ । इज्जतको ख्याल राखेर अगाडि बढ्नु होला । उपकारी काम हुनेछन् । फलदायी यात्रा हुनसक्छ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला ।

मिथुनः–काम गर्दा गर्दै अवसर फुत्किने देखिन्छ । सपना साकार हुन दिने छैनन । आफन्त सँगको विश्वास र भरोसा टुट्नेछ । आर्थिक कारोवारले टाउको दुखाउनेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । सोचाई बढि काम कम हुनेछन् । भौतिक सम्पति नास हुनसक्छ । मानसिक तनाव बढ्नेछ ।

कर्कटः– धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । भौतिक सम्पतिमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ । स्वास्थ्यको ख्याल राख्नु होला ।

सिंहः– तनावलाई कम गरेर काममा लाग्नु होला । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्नेछ । अनावस्यक खर्च नियन्त्रण गर्नु होला । प्रतिश्पर्धाबाट नबाहिरीनु होला । मुद्धा मामिला जीत हात लाग्नेछ । संघर्षबाट नै सफलताका सिढि चढ्न पाईनेछ । व्यापार बढ्नेछ ।

कन्याः–आफै अन्योलमा पर्दा कामले गति लिने छैन । पढाई लेखाईमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । भूमि,कृषि औजार,अग्नि तत्व एवं यान्त्रिक कामबाट भने लाभान्वित हुनुहुनेछ । सहयोग गर्ने भन्दा रिस,डाहा गर्ने बढि हुनेछन् । वोलीको प्रभावमा केहि काम हुनेछन् ।

तुलाः– समस्याको भुमरीमा पर्न सकिन्छ चनाखो भएर अगाडि बढ्नु होला । घरयासी खर्चमा वृद्धि हुनेछ । आफन्तको काम गरेर जश पाईने छैन । आर्थिक संरचनालाई नचलाउनु होला । वोलीको अनर्थ लगाउने छन् सचेत रहनु होला । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । धन सम्पति हराउने वा चोरी हुनसक्छ सर्तक रहनु होला ।

वृश्चिकः– अल्छि नगरिकन अगाडि बढ्नु होला गरेका काम प्राय सफल हुनेछन् । आर्थिक संरचनालाई नचलाउनु होला । ऋण दिएमा डुब्न सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ तर उधारो कारोवार नगर्नु होला । आफन्तजनबाट सामान्य सहयोग पाईनेछ । घरयासी समस्याले पिरोल्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । कुरा भन्दा काममा जोड दिनु होला ।

धनुः– दिन मध्यम खालको देखिन्छ । आफुले सोेचेको जस्तो काममा सफलत मिल्ने छैन तर लगनशिल भई गरेका केहि काम सफल हुनेछन् । स्पष्ट वोल्दा कहि कतै आफुलाई अप्ठ्यारो पर्न सक्छ विचार पु¥याउनु होला । आफन्तको सहयोग खासै मिल्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । नयाँ क्षेत्रमा हात नहाल्नु होला ।

मकरः– काममा देखिएका समस्या कम भएर जानेछन् । संवेदनशिल भएर महत्वकाँक्षी योजना अगाडि बढाउनु होला । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिन अवसर प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राजनैतिक सक्रियता बढ्नेछ ।

कुम्भः–दिन अनुकुल भन्दा बढि प्रतिकुल देखिन्छ । महत्वकाँक्षी नबन्नु होला । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, नोक्सान वेहोर्नु पर्नेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिने छन् । मिथ्या आरोप लाग्न सक्छ ।

मिनः– ग्रह,गोचर अनुकुल जस्तै देखिन्छन् । वित्तिय कारोवारमा सुधार आउनेछ । गरेका काम प्राय सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । घरमा मांगलिक काम हुनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । धन र मन अरुलाई नदिनु होला ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *