बिचार/ब्लग
क्रिस्चियन बन्दा इटहरीका अभिषेक कार्कीको भयाे बिल्लीबाठ, सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भन्दै परिवार नियोजन गर्न लगाएको खुलासा
इटहरी । २०६३ सालमा इसाई धर्ममा लागेका इटहरी ४ का अभिषेक कार्कीको अहिले बिल्लीबाठ भएको छ । २०६३ सालदेखि इसाई धर्ममा लागेका कार्की अहिले आफुलाई क्रिस्चियन धर्मप्रचारक कोरियन नागरिकको कारण आफु तनाबमा भएको बताएका छन । ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ का प्रमुख समेत रहेको मार्फत धर्म प्रचार गरिरहेका सङ जा हाङले आफुहरुलाई हेला गरेको बताएका हुन । लामो समय देखि ‘इन्टरनेसनल वी लभ यु’ फाउन्डेसनको नाममा नेपाल छिरेका सङ जा हान इसाई धर्म प्रचारमा सक्रिय हुदै आएको बताईएको छ ।
बैशाख ९ गते सोमबार आफ्नो श्रीमतीलाई कुटपिट गरेको आरोप समेत लगाएका छन । कोरियाली धर्म प्रचारकै कारण आफुलाई हेला गरी कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएको भए पनि आफुले न्याय नपाएको कार्कीको गुनासो छ । कार्कीले भने चर्च भित्रको चरम लापरवाहीलाई प्रश्न गर्दा आफुलाई हेला गरेर श्रीमती माथि कुटपिट गरेको उनी बताउँछन ।
अभिषेकले भनिन सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भन्दै कोरियनले परिवार नियोजन गर्न लगाएको सुनाए । हामीले उहाँहरुले जे जे भन्यो त्यो मानेर दुख पाईयो उनी भन्छन् । बैशाख ७ गते शनिबार सोही चर्चकी विश्वासी प्रमिला राईको समूहले इटहरी २ की अनु राईमाथि आक्रमण गरेको थियो। तिनै कोरियालीको नेतृत्वमा गएको टोलीले उनलाई आक्रमण गरेको भन्दै कोरियन नागरिक विरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
