समाचार

विद्युत् सट भई आगलागी हुँदा लस्करै रहेका पाँच घर जलेर नष्ट

रसुवा- घरमा जडान भएको विद्युत् सट हुँदा आज दक्षिणी रसुवामा पाँच घर जलेर नष्ट भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईश्वरीप्रसाद भण्डारीका अनुसार नौकुण्ड गाउँपालिका–१ थाङदोरमा आज करीब ३ बजे लागेको आगो नेपाल प्रहरी र कालीजङ्ग गणअन्तर्गत फलाखु खोला हाइड्रोपावरको सुरक्षामा तैनाथ नेपाली सेनाद्वारा साँझ ६ बजे आगो नियन्त्रणमा आएको छ ।

लछुमण नेकोर लामाको घरमा रहेको विद्युत् सट हुँदा लागेको आगोले लस्करै रहेका पाँच घर नष्ट भएका हुन् । आगलागीबाट रु ८६ लाख ५० हजार बराबरको धनमाल क्षति भएको तथा राहत वितरणका लागि गाउँपालिका उपप्रमुख सिर्जना लामासहितको टोली त्यसतर्फ प्रस्थान गरेको उहाँले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *