समाचार

जन्मजातै अपांग जन्मिएका २२ वर्षे छोराले फोहोर गरेको भन्दै आफ्नै बावुले गरे ह्याम्मर प्रहार गरि हत्या, शव ब्ल्यांकेटमा पोको पारी खोलामा फाले

काठमाडौँ – आफ्नै बावुले छोराको हत्या गरेका छन्। हत्या हुनेमा वेदबहादुर केसी रहेका छन् । जन्मजात अपांगता (कान नसुन्ने) साथै स्मरण शक्ति सुस्त रहेका २२ वर्षीय वेदबहादुर केसीको आफ्नै बावु चुडाबहादुर केसीले हत्या गरेका हुन ।

कमजोर मनस्थिति रहेका छोराले जताततै फोहोर गर्दै हिँडने र सोहि दिन पनि घरमा फोहोर गरेको भन्दै आवेमा आएका बाबुले ह्याम्मर प्रहार गरि छोराको हत्या गरेर शव ब्ल्यांकेटमा पोको पारी नजिकको खहरे खोलामा लगेर फलेको थिए ।

प्रहरीका अनुसार गत वैशाख २ गतेदेखि हराइरहेका केसी बुधबार गाउँ नजिकैको खहरे खोलामा मृत भेटिएका हुन् । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *