बिचार/ब्लग

खेलौना जत्रा मान्छे भेटिए , देख्दा जोकोही पर्छ छक्क

एक दाम्पत्य जोडीको पहिलो चाहना भनेको सन्तान हो र त्यही सन्तान नै उनिहरुको खुसी पनि । यस्तै बाग्लुन निवाशी एक घरमा दोश्रो सन्तानको रूपमा जन्मिए मनोज बिक । जो ७ बर्ष अघि स्थानीय घरमै सहज र सरल तरिकाले जन्मेका उनको बुबा यम बहादुर बिकले बताउछ्न । उनको बुबाको अनुसार मनोज बिक जन्मिदा निकै सानो आकार र निकै कम तौलका थिए । यस्तैमा उनिहरुले त्यही स्थानीय स्वास्थ अस्पतालमा देखाउन लगे र त्यहाका चिकित्सकले बच्चा कम तौल , सानो आकारको भएपनी स्वास्थ रहेको बताए र उनिहरु घर फर्के ।

यतिकैमा बच्चा जन्मिए,हुर्किदै गए , दिन,हप्ता ,महिना र बर्ष बित्दै गए तर मनोजको उचाई र शारीरिक बनावट भने निकै ढिलो बद्लिदै गए । आज मनोज ७ बर्ष पूरा भएको छ र उनको शारीरिक बनावट हेर्दा उनी १ अथवा डेढ बर्षका साधारण र स्वास्थ बच्चा झै देखिन्छ्न । उनको अहिलेको शारीरिक तौल भनेको ५ केजि पनि नरहेको र उचाई मात्र २४ इन्च रहेको उनको बुबाको भनाई अनि देख्दा ,हेर्दा देखिएको छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *