समाचार
देशका केही भू–भागमा मेघगर्जन, हुरीबतास र चट्याङकाे सम्भावना,सतर्क रहन आग्रह
काठमाडाैँ, १० बैशाख । देशभर पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सर्दै गएकाले पुर्वी तराईमा चट्याङ परिरहेको र असिना पानी पनि पर्न सक्ने महाशाखाले जनाएको छ । चट्याङका साथै हावाहुरी पनि आउन सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
पूर्व र मध्यका केही ठाउँ र पश्चिम पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
एक्कासी किन बाहिरिए कार्यक्रमस्थलबाट माधवकुमार नेपाल ?
काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपाको ७०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमस्थलबाट बाहिरिएका छन ।
नेकपाको ७७ जिल्लाको नेतृत्व सूची हेरेपछि नेपाल बाहिरिएका हुन् । राजधानीको प्रज्ञा पतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल एक्कासी बाहिरिनुलाई सबैले आश्चार्य मानेका छन् ।
७७ जिल्लाका नेतृत्वका नाम हेरेपछि नेपाल बाहिरिनुले सबैलाई केहि शसंकित पारेको हो । जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

