समाचार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

इनरुवा । सुनसरीको कोशी गाउँपालीकामा घुरको आगो निभाउने क्रममा एक बालिका गम्भीर घाइते भएकी छिन् । कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित भाण्टावारीमा लाम्खुट्टे धपाउन बालिएको घुर निभाउने क्रममा एक बालिका गम्भीर घाइते भएको हो ।
राती नै लगाएको घुर शनिबार बिहान ७ बजेको समयमा निभाउने क्रममा स्थानीय धिरेन्द्रलाल कर्णकी अन्दाजी ११ वर्षीया छोरी आरती कुमारी आगोले जलेको र उनलाई चिन्ताजनक अवस्थामा उपचारका लागि बिराटनगर पठाएको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ । घुरमा रातीको आगो हुँदा त्यसमा मट्टीतेल हालेपछि आगो एक्कसी बालिका आरतीको अनुहार,कपालमा सल्केको थियो । कम्मर माथिको भागमा आगो लागेकोले घाइते बालिकाको अवस्था चिन्ताजनक भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *