समाचार

भोजपुरमा ट्रयाक्टर अनियन्त्रित भई ४० मिटर तल खस्दा शान्ति मगरको गयो ज्यान

भोजपुर – भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यृ हुनेमा शान्ति मगर रहेकी छिन् । बिहीबार साँझ भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका– ९, हसनपुर ज्यामिरेमा को २ त ८७१४ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।

प्रहरीले जनाए अनुसार ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको र मगरको घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टर मेघराज राई भने प्रहरीको नियन्त्रणमा रहेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *