समाचार
भारतमा चुनाव प्रचार प्रसारका क्रममा देखिएका बंगलादेशका नायकलाई आइपर्यो यस्तो फर्साद
काठमाडौं । बंगलादेशका अभिनेता फिरदौस अहमदलाई भारतबाट बंगलादेश फिर्ता जानको लागी ,भारतको केन्द्रीय गृहमन्त्रालयले आदेश दिएको छ । उनले पश्चिम बंगालको कांग्रेसका उम्मेद्वारका लागि चुनाब प्रचार प्रसार गरेको कारणले गर्दा उनलाई भारतबाट र्फकाउन आदेश दिएका हुन् ।

नायक भयो भन्दैमा जे पनि गर्न पाईदैन भन्ने कुरा गृहमन्त्रालयको रहेको छ । बिजनेस भिसामा भारत आएको बेलामा उनले ममताको पार्टिको चुनाब प्रचार प्रसार गरेर देशको मर्यादामा आँच ल्याएकोमा ,उनको भिसा रद्द गरिएको छ । भिसा रद्द सँगै उनलाई उनकै देशमा पठाउने कार्य भईरहेको जानकारी भारतीय मिडियाले दिएको छ ।

