समाचार
नेपालीको हत्या गरी फरार भएका भारतीय अपराधिलाई नेपाल प्रहरीले भारत बाटै पक्रीए : भारतमा भयो हंगामा हेर्नुस्
काठमाडौ । नेपालगन्ज सदरलाइनका सुन व्यापारी दिपक हेमकारको परिवार नै सखाप हुनेगरी १३ बर्षअघि भएको हत्याकाण्डका अभियुक्त एक जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेपछि भारतमा ‘हंगामा’ मच्चाइएको छ । भारतीय मिडियाले घटनालाई आफु अनुकुल व्याख्या गर्दै नेपाल प्रहरीको कानुनी कारवाही माथि प्रश्न उठाउँदै ‘हंगामा’ गरेको हो । भारत उत्तरप्रदेशको राजधानी लखनउ प्रियदर्शनी कलोनीमा बस्दै आएका किशोरीलाल सोनीलाई नेपाल प्रहरीले गत शनिबार भारतबाट सुन कारोबारका लागि नेपाल प्रवेश गर्दैगर्दा पक्राउ गरेका विवरण सार्वजनिक गरेको थियो ।

भारतीय सञ्चारमाध्यमले भने त्यसको एकदिन अगाडि अर्थात् शुक्रबार प्रिय दर्शनी कलोनी नजिकबाटै उनलाई ‘अपहरण शैलीमा नियन्त्रणमा लिइएको’ दाबी गरेका छन् । ‘परिवारबाट किशोरीलाल बेपत्ता भएको उजुरी परेको छ’, प्रहरी अधिकारी हरेन्द्र कुमारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले भनेका छन्, ‘हामीलाई नेपाल प्रहरीले यहाँ आएर किशोरीलाई पक्राउ गरेर लगेको भन्ने कुनै जानकारी प्राप्त भएको छैन ।’
खासगरी भारतीय टेलिभिजनहरुले सिसिटिभीको एउटा फुटेजलाई किशोरीलालको अपहरण शैलीमा नेपाल प्रहरीले पक्राउ गरेको दृश्य भन्दै ‘हंगामा’ गरेपछि भारतीय प्रहरी बढी दबाबमा परेको स्थानीय सञ्चारकर्मीहरुले जानकारी दिएका छन् । ‘यो गर्नुमा उनका छोरा विकास सोनीले ठूलो मेहनत गरेका छन्’, स्थानीय सञ्चारकर्मीले दैनिक नेपालगन्जसँगको सम्पर्कमा भने, ‘बाँकी सत्यतथ्य के हो भन्ने कुरा बुझ्ने भन्दा पनि हल्ला भने निकै बढी भैरहेको छ ।’
