समाचार
पत्रकार फसाउन सरकारी हतियार बन्दै साइवर अपराध
काठमाडौं । प्र्रेस काउन्सिलको लापवाहीको कारणले पोखराबाट सञ्चालित ताण्डब न्युज साप्ताहिक तथा ताण्डब न्युज डट कम का सम्पादक अर्जुन गिरीलाई सोमबार कास्की प्रहरीले पक्राउ गरी केन्द्रीय अनुशन्धान व्युरो सिआइबीमा ल्यायो । गिरीले ताण्डब न्युज साप्ताहिक र ताण्डब न्युज डट कममा पोखराका व्यवसायी विपिन बतासले ठगी गरेको बिषयमा समाचार लेखेका थिए । यसै कारण उनै व्यवसायीले प्रेस काउन्सिलमा ताण्डब न्युज डट कम दर्ता भएको नभएको बिषयमा निवेदन दिएका थिए । तर पे्रस काउन्सिलले भने ताण्डब न्युज डट प्रेस काउन्सिलमा दर्ता नभएको भन्दै जवाफ दियो । प्रेस काउन्सिलको पत्र प्राप्त भएपछि बतासले केन्द्रीय अनुसन्धान व्युरो सिआइबीमा साइबर अपराध अन्तरगत मुद्धा दायर गरे । यसै अनुसार सिआइबीले कास्की प्रहरीलाई गिरीलाई पक्राउ गर्न भन्दै पत्र पठायो र सोमबार गिरी पक्राउ परे । तर गिरी सम्पादक रहेको ताण्डब ताण्डब न्युज डट कम भने एक बर्ष अघि नै प्रेस काउन्सिलमा दर्ता रहेको पाइएको छ । २०७४ चैत्र २८ गते सुचिकृत गर्न निवेदन परेकोमा चैत्र २९ गते ताण्डब न्युज डट कम दर्ता भएको स्वयम प्रेस काउन्सिलको वेवसाइटमा उल्लेख छ ।

गिरीलाई पक्राउ गरी केन्द्रीय अनुशन्धान व्यरोमा ल्याईपु¥यापछि भने प्रेस काउन्सिलले आफ्नो तर्फबाट गल्ती भएको स्विकार गरेको छ । रेकर्ड राख्ने बेला स्पेलिङ गलत भएको र काउन्सिलका कर्मचारीको प्राविधिक गल्ती भएकाले सचेत गरेको बताउँदै केन्द्रीय अनुसन्धान व्युरोलाई पत्र लेखेको थियो । केन्द्रीय अनुशन्धान व्युरोले जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप गरी हिरासतमा राखेको छ । गिरीले आफूले प्रमाणकै आधारमा समाचार लेखेको दाबी गर्दै आएका छन् । तर समाचार लेखेकै आधारमा आरोपीले विवरण माग्दा प्रेस काउन्सिलले नै गलत विवरण दिएर पत्रकार प्रहरीको हिरासतमा पुग्नु दुःखद हो ।