समाचार
भोक्राहामा सत्तरी वर्षीय मण्डलको हत्या
सुनसरीमा -कुटपिट गरी एक व्यक्तिको हत्या भएको छ । हत्या हुनेमा जागेश्वर मण्डल रहेका छन् । रुपन्देही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ सर्बैया टोल बस्ने ७० वर्षीय जागेश्वर मण्डललाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका ७ बस्ने २९ वर्षीय शंकर मण्डल र सोही ठाउँ बस्ने २५ वर्षीय बुदु मण्डल रहेका छन् । पुरानो रिसइबीको कारण उनीहरूले सोही ठाउँस्थित बाटोमा कुटपिट गर्दा जागेश्वरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथै उनीहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । ।