आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

अ+
अ
अ-

काठमाडौं । आज मंगलबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा दुई सयले ओरालो लागेको हो ।आज छापावाल सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सोमबार सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य बढेसाँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।। हिजो चाँदी ७३० रुपैयाँमा कारोबार भएको थियो।