अ+
अ
अ-
काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा सफाई अभियानका क्रममा ४ वटा शव फेला परेको छ । सगरमाथा सफाइ अभियान अन्तर्गत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाई गर्ने क्रममा ४ वटा शव भेटिएको हो । सगरमाथा सफाइ अभियान नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गत बैशाख १ गतेबाट सुरु गरेको हो ।

अभियान अन्तरगत हालसम्म ३ हजार केजी फोहोर संकलन गरिएको र त्यसमध्ये करिव १ हजार केजी फोहोर हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको बताइएको छ । सफाइ अभियानमा १२ जना परिचालन गरिएको र अभियानले ४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ कामलाई अघि बढाएको बताइएको छ ।


