काठमान्डौ , विराटनगर बसपार्कमा राखिएको एउटा बसमा आगलागी भएको छ। को १ ख ४९८९ नम्बरको बसमा अचानक आगलागी भएको थियो । बस मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने स्थानीय प्रत्यक्षदर्शी मासुम अर्याले जानकारी दिए ।बसमा लागेको आगो दमकल आउनु अगावै स्थानीयले निभाउन सफल भएका थिए ।

बसमा आगलागीबाट केही क्षति भएको छ । उता काठमाण्डौबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत वाणगंगा नगरपालिकाको चप्परगाँउमा दुर्घटना भएको छ ।

दुर्घटर्नामा परि बसमा सवार १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छन । घाइते सबैको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।बसको गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ ।
त्यस्तै सप्तरीको कन्चनरुप नगरपालिका –९ मा शनिबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट आउदै गरेको को१ख ४१२३ ट्रकलाई पछाडिबाट ठक्कर दिदाँ बस अनियन्त्रित भएर दुर्घटना भएको हो । अनियन्त्रित ना५ख ७९३७ नम्बरको बस सडक छेउमा रहेको चिया पसलमा भएका व्यक्तिलाई ठक्कर दिएको थियाे । ठक्करबाट सोही नगरपालिका ८ का देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा सोही ठाउँका सुनरलाल महतो र असर्फि मण्डल घाइते भएका छन् । यसैगरी बसमा सवार मोरङको केराबारी गाउँपालिका ५ का कुलबहादुर महत, पाचँथरको मिक्लाजुङ गाउँपालिका ५ का पुर्णबहादुर लावती, बाराको अमलेखगं नगरपालिका २१ की शान्ती खड्का, शान्तिको ४ वर्षका छोरा घाइते भएका छन् ।
यसैगरी बारा अमलेखगंज नगरपालिका २१ लक्ष्मी गिरी, सोही ठाउँकी लक्ष्मी गिरी र लक्ष्मीकी ७ वर्षकी छोरी आयुषा गिरी घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि धरान र विराटनगर पठाइएको प्रहरीले जनाएको छ।


