समाचार
सुन्दरी नायिका प्रियंका चोपडा र उनका पती निकलाई हात लाग्यो अर्को सफलता !
एजेन्सी- अभिनेत्री प्रियंका चोपडा तथा उनका पति निक जोनास ई मेट गाला होस्ट कमिटीको सदस्यको रूपमा चुनिएको छ। यस कमिटीमा लेबा बेथ, केटी पेरी, जैरेड लिटो, जेनिफर लोपेज तथा एलेक्स रोड्रिगेजजस्ता ठूला नाम सामेल छन्।यसको जानकारी प्रियंकाले आफ्नो इन्स्टागाम एकाउन्टबाट दिएकी हुन्।
इन्स्टाको पोस्टमा प्रियंकाले लेख्दै भनेकी छन् ‘मेट गालाको बेनिफिट कमिटीमा सामेल हुन पाउँदा गर्व महशुस गरिरहेका छौङ। मेको पहिलो सोमबारका लागि उत्सुक छु’, प्रियंका र निक दुई वर्ष अगाडी पहिलो पटक मेट गालाको रेड कार्पेटमा हिँडेका थिए। यसपछि नै उनीहरू एकअर्काको प्रेममा परेका थिए ।

यस अघि प्रियंकाले फोब्स पत्रिकामा विश्वका शक्तिशाली सूचिमा सामेल भइन भने निकको गीत पनि लगातार विश्व नम्बर १ मा बसिरहेको छ। त्यसैले यो जोडी एक अर्काका लागी भाग्यशाली साबित भइसकेका छन् ।

