बिचार/ब्लग
सार्वजनिक भयो अफ्रिका कप अफ नेशनको ‘ड्र’
काठमाडौं । अफ्रिका कप अफ नेशन फुटबलको ड्र सार्वजनिक भएको छ । आउँदो जुनमा हुने प्रतिस्पर्धामा आयोजक इजिप्टले समूह चरणमा प्रजातान्त्रिक गणतन्त्र कंगो, युगाण्डा र जिम्बाबेको सामना गर्ने भएको छ । यी सबै टिम समूह ए मा परेका छन् । यस्तै साबिक विजेता क्यामरुन घाना, बेनिन तथा गिनी–बिसाउसँगै समूह एफ मा परेको छ ।

प्रतिस्पर्धा आउँदो जुन २१ देखि जुलाई १९ सम्म हुनेछ ।यसपटकको प्रतिस्पर्धा अहिलेसम्मकै ठूलो हुनेछ, किनकी यसपटक २४ टिमको सहभागिता हुनेछ । यसअघि यो प्रतिस्पर्धा जनवरी वा फेब्रुअरीमा हुने गरेको थियो । प्रतिस्पर्धाको ड्र गिजा पिरामिड नजिकै भएको हो ।
समूह ‘ए’मा इजिप्ट, प्रजातान्त्रिक गणतन्त्र कंगो, युगाण्डा र जिम्बाबे र समूह ‘बी’मा नाइजेरिया, गिनी, माडागास्कर र बुरुन्डी परेका छन् । यस्तै समूह ‘सी’मा सेनेगल, अल्जेरिया, केन्या र तान्जिनिया तथा समूह ‘डी’मा मोरक्को, आइभरी कोस्ट, दक्षिण अफ्रिका र नामिबिया परेका छन् ।
समूह ‘ई’मा ट्युनिसिया, माली, माउरिटेनिया र एंगोला तथा समूह ‘एफ’मा क्यामरुन, घाना, बेनिन र गिनी–बिसाउ परेका छन् ।