अ+
अ
अ-
हुम्ला । हुम्लामा मौसमी रुघाखोकीबाट आठ जनाको मृत्यु भएको छ । ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकी फैलिंदा दुई बालक सहित ८ जनाको मृत्यु भएको हो । सो गाउँपालिकाको वडा १ देखि ३ सम्म रुघाखोकीले ८ जना स्थानीयको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । महामारी रोग नभएर मौसम रुघाखोकी भएको जिल्ला स्वास्थ्य कार्यालयले भनेको छ ।

जिल्लाबाट औषधि सहित स्वास्थ्यकर्मीको टोली गाउँमा पुगिसकेको छ । ताजाकोट गाउँपालिकामा फैलिएको रोग नियन्त्रणको लागि कर्णाली प्रदेश अन्तर्गत क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट रोग अनुसन्धान गर्दा चिकित्सकको टोली आइतबार सम्म रोग फैलिएको गाउँपालिकाको बस्तीमा पुग्ने बताइएको छ । गएको चैत महिना देखि रुघाखोकी फैलिएको हो ।


