भत्ता रकम लिएर घर फर्कदै गरेका वृद्धलाई मोटरसाइकलले ठक्कर दिँदा घर नपुग्दै मृत्यु

अ+
अ
अ-

काठमाडौँ – सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा खड्क नगरपालिका–९ लालपट्टी बस्ने ६८ वर्षीय छुतहरु मण्डल खत्वे रहेका छन्। पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ५ प ४२४० नम्बरको मोटरसाइलले खत्वेलाई शुक्रबार ठक्कर दिएपछि उनको उपचार गर्न लगे बित्तिकै ज्यान गएको हो ।

खत्वे शुक्रबार सामाजिक सुरक्षावापत भत्ता रकम थाप्न भन्दै घरबाट हिँडेका थिए ।सिर्जना फाइनान्स लिमिटेडबाट सामाजिक सुरक्षावापत भत्ता थापेर फर्किने क्रममा उनलाई मोटरसाइकलले ठक्कर दिएको हो। प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालक दुवैलाई नियन्त्रणमा लिएको छ।