काठमाडौं– एनसेलबाट तत्काल कर नउठाउन अदालतको एकल इजलासले आदेश जारी गरेको छ। सर्वोच्च अदालतको एकल इजलासले एनसेल लाभकर विवादमा पुन: एक पटक एनसेलकै पक्षमा आदेश जारी गरेको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। दुवै पक्षलाई सर्वोच्चले बैसाख २४ गते छलफलका लागि बोलाएको छ।
सर्वोच्चको यो आदेशपछि एनसेल लाभकर विवाद अझै केही समय लम्बिने भएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेल सोमबार सर्वोच्च अदालत पुगेपछि यो प्रकरण पुनस् तातेको हो।
एनसेलले आफूले दुई आर्थिक वर्षमा रकम बुझाएको दाबी गर्दै अब १४ अर्ब ३६ करोड मात्र लाभकर बुझाउनुपर्ने दाबी गरेको थियो। ठूला करदाता कार्यालयले भने एनसेलले अब ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने भनी कर निर्धारण गरेको थियो।


