अ+
अ
अ-
टिपरले धुलो उडाएर वातावरण प्रदुषण बनाएकोे भन्दै स्थानीयवासीले आज सिरहाको मिर्चैयामा सडक अवरुद्ध पारेका छन् । सिद्धिचरण राजमार्गअन्तर्गत कटारी सडकखण्डमा ‘ओभरलोड’ गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर हैरान बनाएको भन्दै स्थानीयवासीले मिर्चैयाको कटारीचोकमा सडक अवरुद्ध पारेका हुन् ।

सिरहाको चोहर्वास्थित मारुती, सौर्य र कसमस सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिपर ठूलो सङ्ख्यामा दिनहुँ चले पनि सडकमा नियमितरूपमा पानी नहाल्दा स्थ्यमा असर पारेकाले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय सञ्जीव यादवले बताउनुभयो ।


