अ+
अ
अ-
रसुवा- रसुवाको नौकुण्ड गाउँपालिकामा आगालागी भएको छ । गाउँपालिका–१, थाङ्दोरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।बिहीबार दिउँसो १ बजे विद्युत् सर्ट भएर आगो लाग्दा मेन्दो पासाङ थोक्रा, लक्षिन लामा, ज्ञाना छोवाङ नेकोर, दावा फुर्पा नेकोर र किप्पा नेकोरको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।प्रहरी पुग्नु अगाडि नै आगोले पाँचवटै घर जलिसकेको थियो ।

प्रहरीलाई ढिला खबर प्राप्त भएको र भौगोलिक विकटताको कारण प्रहरी पुग्न ढिला भएको थियो ।थप क्षति हुन नदिनका लागि नेपाली सेना र नेपाल प्रहरीले प्रयास गरिरहेको बताइएको छ ।


