अ+
अ
अ-
काठमाडौं । श्रीलंकामा गएको आइतबार भएका श्रृंखलावद्ध बम विष्फोटबाट जनजीवन आतंकित भइरहेका बेला बिहीबार फेरि शक्तीशाली बम बिस्फोट भएको छ ।

बेलायती समाचार एजेन्सी रोयर्टसले जनाए अनुसार राजधानी कोलम्बोबाट ४० किलोमिटर पूर्वको पोगुडामा शक्तिसाली बम विष्फोट भएको छ । तर विष्फोटबाट भएको क्षतिबारे भने कुनै विवरण आएको छैन ।
गएको आइतबार भएका ८ वटा बम विष्फोटमा परी कम्तिमा ३ सय जनाको मृत्यु भएको छ भने ५ सयभन्दा धेरै घाइते भएका थिए । सो बम विष्फोटको जिम्मा मुस्लिम आतंकवादी संगठन स्लामिक स्टेट ९आईएसआईएस०ले लिएको छ भने श्रीलंकाली सुरक्षाकर्मीले करिब १०० जनालाई पक्राउ गरेका छन् ।


