पोखरा। कास्कीको रुपा गाँउपालिका अन्र्तगत सातमुहाने रुपाकोट थुम्की रोडको पिच भएको केही दिनमै उप्किएको छ। लोहनी एण्ड बदर्श प्रा.लि. भरतपुर चितवन तथा देवचुली कन्सन्ट्रक्सन प्रा.लि. लेखनाथले निर्माण गरेको यो बाटो सन २०१७ मै सम्पन्न हुनु पर्ने भएपनि अहिले मात्रै कालोपत्रे भएको थियो ।

तर १२ करोडको लागतमा निमार्ण सम्पन्न भैनसक्दै सडकको कालोपत्रे उप्किने, नाला भत्किने तथा सडक नै भत्किएको छ । सडक अहिले सम्म हस्तान्तरण भैसकेको छैन । सडक निर्माणको दुर आवस्था देख्दा स्थानीयले यसको फोटो भिडियो सामाजिक सञ्जालमा हालेका थिए । यसपछि निर्माण कम्पनीले बालुवा छरेर भत्किएको पिच लुकाउन खोजेको छ ।
सिधा कुरा टिम मंगलबार सडकमा पुग्दा उप्किएको पिच बालुवा थपेको देखियो । तत्काल भत्किएको जस्तो नदेखिए पनि पुन यो सडक पुरानै अवस्थामा आउने निश्चित छ । सरकारलाई हस्ता न्तरण नहुदै पिच उप्किने, नाला भत्किने तथा सडक नै भत्किएको छ।


