पथरी असुरक्षित र अशान्त बन्दा सिंघमको चर्चा

अ+
अ
अ-

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा दिनदिनै हत्या हिंसाका घटना बढिरहँदा स्थानीय असुरक्षित महशुस गरिरहेका छन् । कुनैबेला सुरक्षित र शान्त मानिएको पथरीमा एकाएक अशान्तिको बादल मडारिएको छ । यतिबेला पथरीबासीहरुले सिंघमका नामले परिचित ईलाका प्रहरी कार्यलय पथरीका पुर्व इन्चार्ज केशव भट्टराइलाई संझिरहेका छन । बच्चा देखि बृद्धा संम्मको मन मुटुमा बस्न सफल उनको आबश्यत्ता पथरीले गरिरहेको छ यतिबेला । “भट्टराई हुँदा न्याय अन्याय छुट्टिन्थ्यो” स्थानीय आजपनि उनलाई सम्झिन्छन । जनताको मन जितेकै कारण उनले सिंगम उपनाम पनि पाएका थिए ।

अहिले पथरी अशान्त बन्दा सिंघम भएका भए यस्तो घटना घट्दैन थियो भन्दै रिटन्र्स सिंगम भनेर फेसबुकमा लेख्ने समेत धेरै देखिएका छन । उनको पालामा पथरीशनिश्चरेमा लागुऔषध सेवन गर्ने, गुण्डागर्दी गर्ने, चन्दा आतङक फैलाउने, मदिरा सेवन गरि होहल्ला गर्ने र दुई नम्बरी धन्दा गर्नेले प्रहरी चौकी टेकेपछि सिधै बिदेशको टिकट काट्ने गर्थे । १६ महिना मात्रै बसेका भट्टराईको कारणले उनी पछिका २÷४ जना इन्चार्जले समेत सुबिस्ता पाए । भट्टराई जस्तो ब्यक्ती संग काम गर्न नपाएकोले आफुले जागिरै छोडेको एक हवल्दारले बताए ।

प्रहरी इन्चार्ज भट्टराई जनताको सेवा गर्न जस्तो सुकै भेष बदल्न पनि तयार हुन्थे । “पथरीशनिश्चरेले कहिल्यै नबिर्सने एक सच्चा र कर्मठ सिपाही । हरेक नगरबासीको मन मनमा बस्न सफल प्रहरी अफिसर केशव भट्टराई (सिंगम) । आज उहाँले सुधारेको पथरी पुनः असुरक्षित बन्दै गएको छ” । केही सञ्चारकर्मीहरुले समेत सामाजिक सञ्जालमा लेखेका छन । सोही पोष्टमा कमेन्ट गर्दै सबैले उहाँ जस्तै प्रहरीको पथरीमा खाँचो रहेको प्रतिक्रिया दिएका छन् ।

उनी हाल हेटौडास्थित अख्तियार अनुसन्धान आयोगमा रहेका छन । डिएसपि भएपछि देश र जनताको सेवामा धुलो जिम्मेवारी थपिएको छ । पथरी अशान्त बन्दा उनको आबश्यत्ता खडकिएको पथरीबासीहरुले प्रतिक्रिया दिएका छन । शनिबार बिहान पथरी १ मा ब्यबसायी रिना बस्नेतको नग्न अबस्थामा शव फेलापरेपछि यतिबेला पथरी अशान्त बनेको छ । फितलो सुरक्षा ब्यबस्थाका कारण पछिल्लो समय पथरी अशान्त बनेको भन्दै स्थानीय आन्दोलित समेत बनेका छन ।