तनहुँमा बस दुर्घटना हुँदा ६ जना घाइते

अ+
अ
अ-

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गएराति ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा दुर्घटना हुँदा ६ यात्रु घाइते भएका हुन् ।
घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, निजकी श्रीमती ४८ वर्षीया कञ्चन मोहरिया, म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने ३० वर्षीया धनकुमार परियार, कपिलवस्तु नगरपालिका–९ बस्ने ३९ वर्षीय रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने ३६ वर्षीय हरिबहादुर छन्त्याल र सोही ठाउँका १० वर्षीय रवि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।